नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन् ।
प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरिएको हो ।
अध्यक्षमा चयन भएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत छिन् । उनी अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेकी छिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology