Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकी कानुन

आप्रवासी बालबालिकालाई ग्वाटेमाला पठाउन अमेरिकी अदालतको रोक

आप्रवासी बालबालिकालाई ग्वाटेमाला पठाउन अमेरिकी अदालतको रोक

images
  • आप्रवासी बालबालिकालाई ग्वाटेमाला पठाउन अमेरिकी अदालतको रोक
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट लगातार झट्का लाग्दै आएको छ । आइतवार एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनलाई आफ्नो परिवार बिना सीमा पार गरेर अमेरिका फर्किएका ग्वाटेमालाका बालबालिकालाई देश निकाला गर्नबाट अस्थायी रूपमा रोक लगाएका छन् । 

    images
    images
    images

    अमेरिकी कानूनले आप्रवासी बालबालिकालाई विशेष सुरक्षा दिने भएपनि बालबालिकालाई विमानमा राखेर रातारात फिर्ता पठाइएको विषयमा दायर भएको रिटमान न्यायाधीशले त्यस्तो गर्न रोक लगाएका हुन् ।

    images
    images
    images

    वाशिंगटनका एक संघीय न्यायाधीशले यी बालबालिकालाई कम्तिमा १४ दिनसम्म देश निकाला गर्न नसकिने आदेश दिए । आइतबार भएको द्रुत सुनुवाइपछि न्यायाधीशले बालबालिकालाई विमानबाट निकालेर कानुनी प्रक्रिया पूरा नभएसम्म फेरि शरणार्थी पुनर्वास केन्द्र कार्यालयहरूमा राख्नुपर्ने आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    न्यायाधीश स्पार्कल एल. सुकाननले भने- ''म यसबारे कुनै भ्रम नहोस् भन्ने चाहन्छु।' उनले स्पष्ट पारिन् कि यो आदेश आमाबाबु वा अभिभावक बिना अमेरिका आइपुगेका सबै ग्वाटेमालाका नाबालिगहरूमा लागू हुन्छ ।

    यसैबीच, सरकारी वकिलहरूले बच्चाहरूलाई देश निकाला नगरिएको दाबि गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आप्रवासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।