काठमाडौँ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान गरेको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०८२ साल भदौ १९ गते देखि संवत् २०८२ साल भदौ २५ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिन दिन आग्रह गरको छ ।
मनाङको प्रदेश साभामा राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएपछि खाली भएको स्थानमा कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology