Logo

२०८३, श्रावण ३०गते


images
images

सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिन : महानिरीक्षक खापुङ

सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिन : महानिरीक्षक खापुङ

images
  • सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिन : महानिरीक्षक खापुङ
    images
    images

    काठमाडौँ ।  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सकेको राम्रो काम गर्ने तर, नराम्रो काम नगर्ने बताएका छन् । 

    images
    images
    images

    बिहीवार बिहान गृह मन्त्रालयमा दज्र्यानी चिन्हबाट सुशोभित पछि बोल्दै महानिरीक्षक खापुङले सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको बताए । उनले भने- 'सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ ।'

    images
    images
    images

    अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको जानकारी दिए ।

    images
    images
    images

    गृह मन्त्रालयद्धारा आयोजित एक समारोहकाबिच गृहसचिब गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्हबाट सुशोभित गरेका थिए । समारोहमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा मन्त्रालय र प्रहरीका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खापुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।