Logo

२०८३, आश्विन ११गते


images
images

भेनेजुएला डुङ्गा आक्रमण

११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा

११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा

images
  • ११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा
    images
    images

    काठमाडौँ । अमेरिकी सेनाले भेनेजुएलाको डुङ्गामा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त डुङ्गामा आक्रमणको आदेश ट्रम्प आफैंले दिएको खुलासा गरेका छन् ।

    images
    images
    images

    यो आक्रमण मंगलवार क्यारिबियन सागरमा भएको थियो । रुबियोले चाहेको भए त्यो डुङ्गा कब्जा गर्न सक्थे भने, तर ट्रम्पले त्यसलाई उडाउने आदेश दिएका थिए । रुबियोले लागूपदार्थको खेप जफत गर्नाले मात्र कार्टेललाई असर नगर्ने तर तिनीहरूलाई समाप्त गर्नु पर्छ भने, तिनीहरूलाई उडाउनु पर्ने बताए । रुबियोले डुङ्गामा रहेका मानिसहरूलाई कुनै चेतावनी नदिइएको र यो 'कोकेन वा फेन्टानिल' लागूपदार्थले भरिएको बताए ।

    images
    images
    images

    यसअघि राष्ट्रपति ट्रम्पले जहाजमा 'ट्रेन डे अरागुआ गिरोह' का सदस्यहरू रहेको दाबी गरेका थिए । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । ट्रम्पले डुङ्गामा ठूलो मात्रामा लागूपदार्थ रहेको दाबी गरेका थिए ।

    images
    images
    images

    ट्रम्पले भनेका थिए- हामीसँग उनीहरूको कुराकानीको टेप छ। हाम्रो देशमा ठूलो मात्रामा लागूऔषध आउँदै थियो, जसले धेरै मानिसहरूको ज्यान लिन सक्छ । यो कुरा सबैले बुझेका छन् । तपाईं आफैंले देख्न सक्नुहुन्छ कि डुङ्गामा लागूऔषधका प्याकेटहरू थिए र त्यसमाथि आक्रमण भएको थियो। अब तिनीहरूले फेरि यस्तो गर्ने छैनन् ।'

    अमेरिकी रक्षा अधिकारीहरूले अहिलेसम्म यो आक्रमणको बारेमा विस्तृत जानकारी दिएका छैनन् । सेनाले किन डुङ्गा रोक्नुको सट्टा उडाउने निर्णय गर्‍यो भन्ने कुरा पनि स्पष्ट गरेको छैन । सामान्यतया तटरक्षक वा अमेरिकी नौसेनाले लागूऔषधले भरिएका डुङ्गाहरू समातेर चालक दललाई हिरासतमा लिने र उनीहरूलाई मुद्दा चलाउने काम पनि गर्दै आएको छ ।

    न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी नौसेनाले पहिले अन्तर्राष्ट्रिय पानीमा शंकास्पद जहाजहरूलाई रोकेर अनुसन्धान गरेको छ। तर मंगलबार क्यारिबियन सागरमा भएको आक्रमण पूर्णतया फरक थियो किनभने यस पटक प्रत्यक्ष आक्रमण गरिएको थियो । ट्रम्प प्रशासनले यस कारबाहीको लागि कुनै कानुनी तर्क दिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।