Logo

२०८३, श्रावण ३०गते


images
images

भेनेजुएला भूकम्प

'भेनेजुएलामा छोटो समयको अन्तरालमा दुई ठूला भूकम्प आउनु सामान्य घटना होइन'

'भेनेजुएलामा छोटो समयको अन्तरालमा दुई ठूला भूकम्प आउनु सामान्य घटना होइन'

images
  • 'भेनेजुएलामा छोटो समयको अन्तरालमा दुई ठूला भूकम्प आउनु सामान्य घटना होइन'
    images
    images

    काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पबारे विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । बेलायतस्थित डरहम विश्वविद्यालयका प्राध्यापक मार्क एलनले छोटो समयको अन्तरालमा यस्ता दुई ठूला भूकम्प आउनु सामान्य घटना नभएको बताएका छन् ।

    images
    images
    images

    उनका अनुसार पहिलो भूकम्पले भूमिगत भ्रंशरेखामा असर पारेको हुन सक्छ । त्यसबाट अर्को भ्रंशरेखामा दबाब बढेपछि केही समयमै दोस्रो भूकम्प आएको हुन सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    एलनले राजधानी काराकास तथा आसपासका क्षेत्रमा अझै परकम्पन आउने जोखिम कायम रहेको चेतावनी दिएका छन् । भूकम्पपछि भूमिगत भ्रंशरेखाहरूमा दबाब बढेकाले आगामी दिनमा फेरि शक्तिशाली झट्का महसुस हुन सक्ने उनले बताएका छन् ।

    images
    images
    images

    भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्ने भेनेजुएलामा क्यारिबियन भू-पटल र दक्षिण अमेरिकी भू-पटल एकअर्कासँग जोडिने भएकाले यस्ता घटना बारम्बार हुने सम्भावना रहने विज्ञहरू बताउँछन् ।

    अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार दुवै भूकम्प यी दुई भू-पटल एकअर्कासँग ठोक्किने र सर्ने प्रक्रियाका कारण उत्पन्न भएका हुन् । सरल भाषामा भन्नुपर्दा, पृथ्वीभित्र रहेका विशाल चट्टानी तहहरू निरन्तर बिस्तारै सर्दै रहन्छन् । तर ती तह अचानक चिप्लिएर सर्दा जमिन हल्लिन्छ र भूकम्प उत्पन्न हुन्छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले भूकम्प कुनै एक बिन्दुमा मात्र सीमित नहुने जनाएको छ । भूमिगत धेरै किलोमिटर क्षेत्रफलमा भू-पटल सर्ने भएकाले व्यापक रूपमा शक्तिशाली कम्पन महसुस हुने गरेको छ ।

    संस्थाका अनुसार यी दुई भूकम्पपछि पनि भूमिगत गतिविधि जारी रहेकाले आगामी केही दिनमा थप परकम्पन आउन सक्ने सम्भावना छ । तीमध्ये केही परकम्पन शक्तिशाली हुन सक्ने चेतावनी पनि दिइएको छ ।

    यसैबीच, भेनेजुएलामा आएको भूकम्पमा मृत्यु हुनेको संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उक्त जानकारी दिदै राहत र उद्धारको काम जारी रहेको बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।