Logo

२०८३, श्रावण ३०गते


images
images

भेनेजुएला भूकम्प

भेनेजुएलाको भूकम्पमा ४० विदेशी नागरिकको मृत्यु

भेनेजुएलाको भूकम्पमा ४० विदेशी नागरिकको मृत्यु

images
  • भेनेजुएलाको भूकम्पमा ४० विदेशी नागरिकको मृत्यु
    images
    images

    काठमाडौँ । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा ४० जना विभिन्न देशका विदेशी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images
    images

    पोर्चुगलका समुदाय मामिलासम्बन्धी राज्यमन्त्री एमिडियो साउसाका अनुसार भूकम्पमा २८ जना पोर्चुगाली नागरिकको ज्यान गएको छ ।

    images
    images
    images

    यस्तै, भेनेजुएलास्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्थाले सात जना चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । स्पेनका विदेशमन्त्री होसे म्यानुएल अल्बारेसका अनुसार पाँच जना स्पेनी नागरिकको मृत्यु भएको छ भने ११९ जना अझै बेपत्ता छन् ।

    images
    images
    images

    ब्राजिल सरकारले पनि आफ्ना दुई जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै, इटालीको विदेश मन्त्रालयले एक इटालियन–भेनेजुएली नागरिकको ज्यान गएको जनाएको छ । 

    यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले भूकम्पपछि भएको अन्तर्राष्ट्रिय उद्धार तथा राहत प्रयासलाई निकै प्रभावकारी रहेको बताएका छन् ।

    उनका अनुसार रुस, युक्रेन, अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न देशबाट उद्धार टोलीहरू भेनेजुएला पुगेका छन् । संकटको बेला राजनीतिक मतभेदभन्दा मानवीय सहयोग प्राथमिकतामा परेको उनले उल्लेख गरेका छन् ।

    फ्लेचरका अनुसार संयुक्त राष्ट्रसंघले हाल ३९ वटा उद्धार टोली परिचालन गरेको छ भने करिब दुई हजार अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएलामा राहत तथा उद्धार कार्यमा खटिएका छन् ।

    उद्धार कार्यमा १११ वटा विशेष तालिमप्राप्त खोजी कुकुर पनि प्रयोग गरिएको छ। ती कुकुरले गन्ध पहिचान गर्ने क्षमता र कठिन भूभागमा खोजी गर्न सक्ने भएकाले उद्धार अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

    यद्यपि, फ्लेचरले पछिल्लो १८ महिनामा संयुक्त राष्ट्रसंघको मानवीय सहायता बजेट झन्डै आधाले घटेकाले राहत तथा उद्धार अभियानका लागि आवश्यक स्रोत जुटाउनु चुनौतीपूर्ण बनेको बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।