काठमाडौँ । काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । जेनजीको प्रदर्शन संसद भवन भित्र प्रवेश गर्न खोजेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । माइतीघरबाट बानेश्वर पुगेको युवाहरुको प्रदर्शनले प्रहरीको बेरिकेड तोडेर संसद भवन भित्र प्रवेश गर्न खोजेको छ । प्रहरीले युवाहरुलाई रोक्न प्रहरीले पानीको पोहोरा, अश्रुग्यास र हवाई फायर गरेको छ ।
संसद भवनको चारै तिरको सडकमा युवाहरु रहेका छन् भने प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ । प्रहरीले संसद भवन भित्र प्रवेश गरेका केहि युवालाई बाहिर निकालेको छ ।
यसैबीच अवस्था तनावग्रस्त बनेपछि बानेश्वर क्षेत्रमा काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology