Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनले भन्यो : घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु

जेनजी आन्दोलनले भन्यो : घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु

images
  • जेनजी आन्दोलनले भन्यो : घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ । सोमवार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो ।  

    images
    images
    images

    प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ । 

    images
    images
    images

    बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए ।  बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो । युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए ।  त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए । प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो । प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका छन् ।

    images
    images
    images

    अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।