Logo

२०८३, श्रावण ३०गते


images
images

उथलपुथल राजनीति

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन :ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन :ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

images
  • युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन :ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल
    images
    images

    काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    images
    images
    images

    मंगलवार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमवारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठक बारे जानकारी दिदै पुनले भने- प्रतिपक्ष दलहरुको तर्फबाट गणतन्त्रकै कलंकको रुपमा भन्न सकिने घटना भएको छ । यो ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश र भ्रष्ट सरकारको रवैया अस्वीकार्य छ । त्यसैले सबै घटनाको जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ । युवाहरुको मागलाई सम्बोधन गर्दै सबै स्थिति साम्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । सामाजिक सञ्जाल बन्द गरिसकेपछि भएको युवाहरुको असन्तुष्टिलाई निरङ्कुश सरकारले बुझ्ने सकेन, स्वछाचारी ढंगले अगाडी बढ्न खोज्यो ।'  

    images
    images
    images

    प्रचण्डले बोलाएको आजको बैठकमा रास्वपा भने उपस्थित भएको थिएन । आजको बैठकमा माओवादी केन्द्रसहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरु सहभागी भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।