Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तरिम सरकार

शीतल निवास वार्ता : आन्तरिक तयारीका लागि दिउँसो दुई बजे सारियो

शीतल निवास वार्ता : आन्तरिक तयारीका लागि दिउँसो दुई बजे सारियो

images
  • शीतल निवास वार्ता : आन्तरिक तयारीका लागि दिउँसो दुई बजे सारियो
    images
    images

    काठमाडौँ । अन्तरिम सरकार गठनका लागि बिहान ९ बजेका लागि बोलाइएको वार्ता राष्ट्रपति कार्यालय शीतल निवासले आन्तरिक तयारीका कारण दिउँसो दुई बजेसम्मका लागि सारेको छ ।

    images
    images
    images

    अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।

    images
    images
    images

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा ठूला दलबीच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अझै अन्योल कायमै छ । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानले सहमति कार्यान्वयनमा जटिलता सिर्जना गरेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    बिहीबार मध्यरात सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने संवैधानिक मार्ग स्पष्ट हुन नसकेको बताइएको छ ।

    यसबीच, जेनजी आन्दोलनमा संलग्न युवाहरूले संसद् विघटनलाई प्रमुख मुद्दा बनाएका छन् । सोही सन्दर्भमा राष्ट्रपति पौडेलले संविधानको धारा ६१(९४०) अन्तर्गतको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने/नसक्नेबारे संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग परामर्श गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अन्तरिम सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।