Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने

images
  • बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने
    images
    images

    काठमाडौं– बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने कार्यक्रम रहेको छ । बंगालदेशको सेना प्रमुख वाकर–उज–जमानले नोवेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिए । उनका अनुसार अन्तरिम सरकार १५ सदस्यीय हुनेछ ।

    images
    images
    images

    सेना प्रमुख जमानले बंगलादेशमा ३–४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

    images
    images
    images

    उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै लयमा आउने देखिएको छ ।

    आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।
    यसैबीच, अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका युनुसले देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन् ।

    उनले बुधबार एक विज्ञप्तिमार्फत सबैलाई शान्त हुन आग्रह गर्दै देश निर्माणमा लाग्न आग्रह गरे । उनले हिंसाको बाटोमा गए सबै नष्ट हुने समेत बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।