Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

उत्पीडनको आरोपपछि बंगलादेशको महिला क्रिकेटका पूर्व चयनकर्ता इस्लामलाई प्रतिबन्ध

उत्पीडनको आरोपपछि बंगलादेशको महिला क्रिकेटका पूर्व चयनकर्ता इस्लामलाई प्रतिबन्ध

images
  • उत्पीडनको आरोपपछि बंगलादेशको महिला क्रिकेटका पूर्व चयनकर्ता इस्लामलाई प्रतिबन्ध
    images
    images

    काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले महिला टोलीकी क्रिकेटर जहाँनारा आलमले लगाएको उत्पीडन आरोपमाथि गरिएको छानबिनपछि पूर्व महिला टोली चयनकर्ता तथा व्यवस्थापक मोन्जुरुल इस्लामलाई सबै प्रकारका क्रिकेटसम्बन्धी गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    बीसीबीको बोर्ड बैठकपछि जारी विज्ञप्तिमा स्वतन्त्र छानबिन समितिको प्रतिवेदनका आधारमा इस्लामलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बीसीबीअन्तर्गत कुनै पनि रोजगारी तथा क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरिएको उल्लेख छ ।

    images
    images
    images

    समितिले चार वटा आरोपमध्ये दुई आरोप पुष्टि नभए पनि बाँकी दुई आरोपमा प्रारम्भिक रूपमा अनुपयुक्त व्यवहारको पर्याप्त प्रमाण फेला पारेको जनाएको छ। पाँच सदस्यीय समितिले फेब्रुअरी २ मा आफ्नो प्रतिवेदन बीसीबी अध्यक्ष अमिनुल इस्लाम बुलबुललाई बुझाएको थियो ।

    images
    images
    images

    बीसीबीले प्रतिबन्धको अवधि भने खुलाएको छैन । इस्लामको सम्झौता ३० जुन २०२५ मै सकिएको र हाल उनी बीसीबीअन्तर्गत कार्यरत नरहेको पनि जनाइएको छ । साथै, संस्थागत सुरक्षालाई मजबुत बनाउन नयाँ उजुरी समिति गठन गरिएको बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।