Logo

२०८३, श्रावण ३०गते


images
images

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले जित्याे

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले जित्याे

images
  • पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले जित्याे
    images
    images

    काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा पाकिस्तानलाई ११ रनले पराजित गरेर सिरिज जितेको हो ।

    images
    images
    images

    बंगलादेशले दिएको २९१ रनको लक्ष्य पछाएको पाकिस्तानले ५० ओभरमा अल आउट हुदै २७९ रन मात्र बनाए पछि खेल ११ रनले हारेको हो ।

    images
    images
    images

    पाकिस्तानका लागि सलमान आघाले १०६ रनको शतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन । पाकिस्तानलाई अल आउट गर्ने क्रममा बंगलादेशका बलर ताक्सिन अहमदले ४, मुस्ताफिजुर रहमानले ३ विकेट लिएका थिए भने नहिद रानाले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले तानजिद हसनको १०७ रनको शतकीय पारीको मद्धतमा ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो ।

    योसँगै बंगलादेशले सिरिज २-१ ले जितेको छ । बंगलादेशले २०१५ पछि पहिलो पटक पाकिस्तानविरुद्ध एकदिवसीय सिरिज जितेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।