काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको उनले बताए ।
पुस ५ का सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’
प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताए । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उनले आलोचना गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology