Logo

२०८३, कार्तिक २९गते


images
images

एमाले पुनर्गठन

एमाले पहिला जस्तो रहदैन, पुनर्गठन गर्छौं : योगेश भट्टराई

एमाले पहिला जस्तो रहदैन, पुनर्गठन गर्छौं : योगेश भट्टराई

images
  • एमाले पहिला जस्तो रहदैन, पुनर्गठन गर्छौं : योगेश भट्टराई
    images

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्ने बताएका छन् । शनिबार भिडियो सन्देशमार्फत पार्टीलाई पुनर्गठन गर्ने बताउदै सबै कार्यकर्तालाई भरोसा गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    भिडियो सन्देशमा भट्टराईले पार्टीको नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्ने बताउदै एमाले अब पहिला जस्तो नरहने बताएका छन् । उनले भनेका छन् 'पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छौं । अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । जनमुखी, युवामैत्री हुन्छ ।'

    images
    images
    images

    साथै भट्टराईले जेनजी युवाहरुका माग संबिधान र संसद भित्रबाट गरिनुपर्नेमा त्यसो नगरिएको र यो सहि निकास नभएको बताएका छन् । अहिलेको संसदबाटै प्रधानमन्त्री बनाउन सकिने थियो भन्दै त्यसो नगरेर संसद विघटन गरिएको उनले बताए । साथै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।