Logo

२०८३, कार्तिक २९गते


images
images

आन्दोलन पुनर्गठन

नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्छौं : योगेश भट्टराई

नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्छौं : योगेश भट्टराई

images
  • नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्छौं : योगेश भट्टराई
    images

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान नेतृत्वको सम्मानसहित पार्टी र आन्दोलनको पुनर्गठन गर्नुपर्ने बताएका छन् । बिहीबार भिडियो सन्देशमार्फत उनले भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनाले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक संरचना नै हल्लाइदिएको उल्लेख गरे ।

    images
    images
    images

    भट्टराईले सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको मागसहित सडकमा उत्रिएका युवामाथि भएको दमनको छानबिन अनिवार्य रहेको बताए । तर भदौ २४ मा तोडफोड, आगजनी र राष्ट्रिय सम्पदामाथि आक्रमण हुनु आन्दोलनको पवित्र भावनाविपरीत भएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

    images
    images
    images

    उनका अनुसार शान्तिपूर्ण आन्दोलनलाई दमनले कमजोर पार्‍यो भने, विध्वंसकारी गतिविधिले विद्रोहलाई बदनाम बनायो।

    images
    images

    उनले संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवन र नयाँ पुस्ताको आक्रोश आशालाई सम्बोधन गर्न पार्टीले आत्मसमिक्षा गर्नुपर्ने बताए । “हाम्रो कमजोरी छ, हामी माफी चाहन्छौं,” भट्टराईले भने, “तर इतिहास र वर्तमान नेतृत्वको सम्मान गर्दै पुनर्गठन र रुपान्तरण अपरिहार्य छ।”

    कम्युनिष्ट आन्दोलनका विगतका मोड घुम्तीमा पनि पुनर्गठनबाटै संकट टरेको स्मरण गर्दै उनले अहिलेको चुनौती समाधान गर्न सामूहिक बहस, आत्मालोचना र एकताको आवश्यकता औंल्याए । “कमजोरी स्वीकार नगरी सुधार सम्भव हुँदैन, यसैले सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्छ,” उनले भने ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।