Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनपछि बाहिर निस्किदै दलहरु

जेनजी आन्दोलनपछि बाहिर निस्किदै दलहरु

images
  • जेनजी आन्दोलनपछि बाहिर निस्किदै दलहरु
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनका कारण भूमिगतको अवस्थामा पुगेका राजनीतिक दलका नेताहरु विस्तारै बाहिर निस्किन लागेका छन् ।

    images
    images
    images

    मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकेन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर आगजनी भएको पार्टी कार्यालयको अनुगमन गरे भने उनले नयाँ भव्य कार्यालय बनाउने घोषणा गरे ।

    images
    images
    images

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा रहेका प्रचण्डलाई सो दिन बिहान उनको घरमा ढुंगा हान्न शुरु भएको खबर आउनासाथ नेपाली सेनाले माधव कुमार नेपालसँगै शिवपुरी पुर्याएको थियो ।

    images
    images
    images

    जेनजी अन्दोलनका क्रममा माओवादी केन्द्रको पार्टी कार्यालयसहित अध्यक्ष प्रचण्डको खुमालटारस्थित निवास, भरतपुरस्थित घर, छोरी गंगा दाहाल र रेणु दाहालको घरमा समेत आगजनी भएको थियो । 

    त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि कोटेश्वरस्थित आफ्नो क्षतिग्रस्त घरको अवलोकन गरेका छन् । आन्दोलनकारीले नेपालको घर तोडफोड र आगजनी गरेका थिए ।

    त्यस्तै सोमवार नेकापा एमालेका महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालय पुगेर क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका थिए । उनले देशभरका आगजनी गरिएका पार्टी कार्यालय निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

    त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवारनै सानेपास्थित केन्द्रीय कार्यालय पुगेर जलेर ध्वस्त भएको कार्यालयको अनुगमन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।