Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायल-प्यालेस्टाइन द्धन्द्ध

गाजा शहरमा इजरायलको भारी बमबारी

गाजा शहरमा इजरायलको भारी बमबारी

images
  • गाजा शहरमा इजरायलको भारी बमबारी
    images
    images

    काठमाडौँ । इजरायलले गाजा शहरमा भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् ।

    images
    images
    images

    यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको 'अटल समर्थन' को आश्वासन दिएका बेला भएका छन् ।

    images
    images
    images

    मंगलवार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखे, 'गाजा जलिरहेको छ ।; उनले चेतावनी दिए कि इजरायल 'मिशन पूरा नभएसम्म पछि हट्ने छैन ।'

    गाजाका स्थानीय पत्रकारहरूले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् । घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ । इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।