Logo

२०८३, श्रावण ३०गते


images
images

गृहको सकृयता

निर्वाचन आयोगसँग गृहमन्त्री अर्यालको छलफल

निर्वाचन आयोगसँग गृहमन्त्री अर्यालको छलफल

images
  • निर्वाचन आयोगसँग गृहमन्त्री अर्यालको छलफल
    images
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् । फागुन २१ गरे निर्वाचन गराउने कार्यभारसहित बनेको सरकारले निर्वाचनको विषयमा छलफल शुरु गरेको हो । 

    images
    images
    images

    विहिवार गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका हुन् ।

    images
    images
    images

    छलफलमा गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको बताउदै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने धारणा राखेका थिए । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन गर्नुपर्ने बताएका थिए ।

    images
    images
    images

    विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली थप्न नमिल्ने व्यवस्था भएकाले कानून संशोधनको प्रस्ताव ल्याउन निर्वाचन आयोगलाई आग्रह गरे । 

    साथै विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी मतदानमा सहभागी गराउनु पर्ने विषयमा पनि छलफल भएको थियो ।

    छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधमान कानुन अनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सम्भव नरहेको जानकारी गराएका थिए । उनले आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोगले सहजीकरण गर्ने धारणा राखेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।