Logo

२०८३, कार्तिक २९गते


images
images

परिणामको समीक्षा

एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ : पौडेल

एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ : पौडेल

images
  • एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ : पौडेल
    images

    काठमाडौँ । जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् । संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन् ।

    images
    images
    images

    पौडेलले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन् ।

    images
    images
    images

    उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे ।

    images
    images

    यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भएको बताएका छन् । उनले पार्टीले अब जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई नीति निर्माण र नेतृत्वमा युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने, संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

    संविधान दिवसको ऐतिहासिक अवसरमा विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा उनले जोड दिए । आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी रूपमा अघि बढ्न सकियोस् भन्दै उनले सबैमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।