Logo

२०८३, श्रावण ३०गते


images
images

कार्यगत एकता

अशोक राई र रिजवान अन्सारीबीच कार्यगत एकता बारे छलफल

अशोक राई र रिजवान अन्सारीबीच कार्यगत एकता बारे छलफल

images
  • अशोक राई र रिजवान अन्सारीबीच कार्यगत एकता बारे छलफल
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब भेटवार्ता सम्पन्न भएको छ ।

    images
    images
    images

    भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बारे गहन छलफल भएको बताइएको छ । साथै, आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्न संवैधानिक मार्ग, र भविष्यको राजनीतिक स्थिरताबारे समेत व्यापक विचारविमर्श गरिएको छ ।

    images
    images
    images

    दुवै नेताबीच कार्यगत सहकार्यलाई अझ सुदृढ गर्दै, क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीतिमा छलफल अगाडि बढाउने सहमति भएको छ । मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने साझा अठोट समेत व्यक्त गरिएको छ ।

    images
    images
    images

    नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका लागि वृहत् राजनीतिक शक्ति निर्माणको अपरिहार्यता औंल्याएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।