Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत

images
  • जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत
    images
    images

    काठमाडौँ । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ । 

    images
    images
    images

    आइतवार जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो । 

    images
    images
    images

    तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति भएको छ । साथै तीन दलले विचार मिल्ने दललाई पनि एकल चुनाव चिन्हमा सहमत हुन आह्वान गरेका छन् । 

    images
    images
    images

    सहमतिपत्रमा उल्लेख छ : आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं । साथै हामीसंग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिन्हमा आउन आह्वान गर्दछौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनता समाजवादी पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।