Logo

२०८३, श्रावण ३०गते


images
images

फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

images
  • फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक
    images
    images

    काठमाडौँ । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म राजनीतिक विषयमा बनेको प्रष्ट हुन्छ ।

    images
    images
    images

    फिल्ममा हरिबंश आचार्य आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् । ट्रेलरको पहिलो दृश्यमै हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको छ । बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक घटनाक्रमलाई हास्य शैलीमा देखाइएको छ ।

    images
    images
    images

    दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाल लगायतको पनि अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरिबहादुरको जुत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।