Logo

२०८३, श्रावण ३०गते


images
images

गजल : मनमा एउटा मुखमा अर्को… किन ?

गजल : मनमा एउटा मुखमा अर्को… किन ?

images
  • सेतोमसी सहकर्मी
  • गजल : मनमा एउटा मुखमा अर्को… किन ?
    images
    images

    मनमा एउटा मुखमा अर्को… किन हुन्छ होला?
    दाल बराबर कुखुरा घरको… किन हुन्छ होला?

    images
    images
    images

    'मेरो राजा, तिमी मेरो मुटु हौं' धन कमाउञ्जेल
    धन नकमाए झर्को फर्को… किन हुन्छ होला? 

    images
    images
    images

    श्रीमती ज्यूको जन्मदिन भुसुक्क बिर्सिएको दिन
    तरकारी खल्लो नत्र चर्को… किन हुन्छ होला? 

    images
    images
    images

    हिजो थिएन, आज छ, भोलि हुदैँन तर पनि
    अनौठो माया एक सर्को… किन हुन्छ होला? 

    आफन्त र मन्दिर, तीर्थ मलाई उस्तै उस्तै लाग्छ 
    वरको हेला, प्यारो परको… किन हुन्छ होला? 

    श्री भवानी नेपाल 
    हाल : युएई

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।