Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रीको प्रस्ताव

महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव

महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव

images
  • महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव
    images
    images

    काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल गरेकी छन् ।

    images
    images
    images

    छलफलका क्रममा कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।

    images
    images
    images

    जेनजी युवा आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।