Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै सुत्ने कोठा र किचनको बन्दोबस्त

शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै सुत्ने कोठा र किचनको बन्दोबस्त

images
  • शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै सुत्ने कोठा र किचनको बन्दोबस्त
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमै ओछ्यान लगाएर सुत्छु भनेको दोस्रो दिन उनको लागि कोठा र किचनको बन्दोबस्त मिलाइएको छ ।

    images
    images
    images

    मन्त्री पुनका लागि केशरमहलस्थित शिक्षा मन्त्रालयकै भवनमा सुत्ने कोठा र किचनको बन्दोबस्त मिलाइएको हो । मन्त्रालयले मंगलबार मन्त्री पुनका लागि किचनका समान र बेडको व्यवस्थापन गरेको छ ।

    images
    images
    images

    सोमबार नै मन्त्रालयमै बस्ने बताएका पुनले सोमबार सम्भव नभएपछि आजदेखि मन्त्रालयमै बसेका हुन् । उनले राष्ट्रिय आविस्कार केन्द्रबाट एउटा सुटकेसमा आफ्ना सामान ल्याएको उनका सहयोगीहरुले जानकारी दिएका छन् ।

    images
    images
    images

    मन्त्री पुनले आफैंले खाना पकाउने बताएका छन् । पुनका लागि मन्त्रालयको एउटा कोठा खाली गराएर किचन र बेडरूम बनाइएको छ ।

    सोमबार शिक्षा मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा नै पुनले आफु जहाँ काम गर्यो त्यहि बस्ने गरेको बताउदै अन्य क्वाटरमा नजाने र मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।