Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

आन्दोलनका घाइतेको ध्यान नदिइएको भन्दै आशिकाको असन्तुष्टि, तत्काल एक लाख दिन माग

आन्दोलनका घाइतेको ध्यान नदिइएको भन्दै आशिकाको असन्तुष्टि, तत्काल एक लाख दिन माग

images
  • आन्दोलनका घाइतेको ध्यान नदिइएको भन्दै आशिकाको असन्तुष्टि, तत्काल एक लाख दिन माग
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनपछि 'राष्ट्रिय दिदी' को पहिचान बनाएकी आशिका तामाङले प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलन गर्ने भाइबहिनीलाई गोली हान्नेलाई तत्काल कारवाही गर्न माग गरेकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै तामाङले जेनजी आन्दोलनका शहिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले आन्दोलन गर्ने भाइबहिनीलाई गोली हान्नेलाई तत्काल कारवाही गर्न माग गर्दै घाइतेका परिवारलाई पनि एक लाखसम्म उपलब्ध गराउन प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएकी छन् । 

    images
    images
    images

    उनले भनेकी छन्-  

    images
    images
    images

    सम्माननीय प्रधानमन्त्रीज्यू, 

    जेनजी आन्दोलनका सहिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको महसुस हुन थालेको छ। तपाईंहरू सरकारमा गएपछि पहिलो निर्णय घाइतेहरूलाई निःशुल्क गर्नु मात्र होइन, ती परिवार भौतिक, मानसिक र आर्थिक अभावको पीडाबाट गुज्रिरहेका हुनुहुन्छ । सबै उपचार निःशुल्क हुँदैन, औषधि किन्नैपर्छ, ड्रेसिङ गर्न पैसा लाग्छ। बिरामी कुरुवालाई झन् समस्या, कहाँ सुत्ने, कहाँ गएर बस्ने, गाउँबाट आएका ? अझ अधिकांश काठमाडौंमा कोठा भाडामा बस्ने, बिहान बेलुका काम गरेर खाने भाइबहिनीहरू छन् । यस्तो अवस्थामा कसरी चलेको होला? कम्तीमा ३ महिनासम्म राम्रोसँग काम गर्न सक्ने छैनन्। यसको बारेमा सोच्न पर्दैन ? 

    मेरो माग निम्न छन्:

    १. तत्काल घाइते परिवारलाई १ लाख सम्म उपलब्ध गराइयोस् । 

    २. घाइते र वीरगति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्। 

    ३. ती निर्दोष भाइबहिनीहरूलाई गोली हान्न दिने हत्यारा अपराधीहरूलाई तुरुन्त कारबाही गरियोस् । 

    यो तत्काल गर्नुपर्ने काम हो, यो छिटो गरियोस् । कति पीडा छ, ती भाइबहिनीहरूलाई, भोग्नेलाई थाहा छ कि मलाई । म फेरि भन्छु, ती घाइते भाइबहिनीको बारेमा यथाशीघ्र निर्णय लिइयोस् । भगवान पशुपतिनाथले सबैको रक्षा गरून् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।