विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।
संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म ।
चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले अवरोध गरे पनि बलजफती संसद चलाइएको टिप्पणी गरे । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ उनले भने ।
चुनाव जहिजे भए पनि आफूहरु जितेर आउने ओलीले बताए । ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ’ उनले भने । सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय नरहने उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology