Logo

२०८३, श्रावण ३०गते


images
images

तुईन खोला पहिरो

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने

images
  • तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने
    images
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको ६० प्रतिशत पहिरो पन्छाएर सकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    यसको अलावा दुवैतर्फ एक एक वटा लोडर तैनाथ अवस्थामा रहेका छन् साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ ।

    images
    images
    images

    पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगती हुन नसकिएकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तुईन खोला पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।