Logo

२०८३, श्रावण ३०गते


images
images

छानबिनको माग

जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गर्न ओलीको माग

जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गर्न ओलीको माग

images
  • जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गर्न ओलीको माग
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा जवाफ फर्काएका हुन् ।  

    images
    images
    images

    गोली चलेकोप्रति आफु चिन्तित रहेको उल्लेख गर्दै उनले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न भनेको तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत उनले बताए ।

    images
    images
    images

    अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे ।

    images
    images
    images

    उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरेर समाजमा थिति बसाल्न सहयोग गर्नु पर्ने बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।