जनकपुरधाम । मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो ।
कांग्रेसले मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि कांग्रेससहित चार दलबिच सहमति भएको छ ।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दलबिच सहमति भएको छ ।
सहमति अनुसार आइतबार चारै दलका बहुमत सांसदहरूले हस्ताक्षरसहित सरकार निर्माणको लागि प्रदेश प्रमुख समक्ष पेस गर्ने तयारी गरेको बताइएको छ ।
जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो ।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ जनमतको १३, लोसपाको ८ जना सांसद छन् ।
यस बाहेक मधेश प्रदेशमा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ तथा संघीय समाजवादी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology