Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउदै शहरी विकास मन्त्री झाँक्री

मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउदै शहरी विकास मन्त्री झाँक्री

images
  • मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउदै शहरी विकास मन्त्री झाँक्री
    images
    images

    गुल्मी। शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएकी छिन । मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउन लागेकी झाक्रीले जिल्लाका केही महत्त्वपूर्ण याेजनाहरुकाे अनुगमन,पार्टी कार्यालय उद्घाटन,जिल्ला युवासघंकाे भेलासङै प्रतिनिधि सभा क्षेत्र नम्बर २ आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेकाे जिल्ला पार्टी अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    भण्डारीका अनुसार मन्त्री झाक्रीले जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रमहरुका साथै मदाने र धुर्काेट गाउँपालिका पार्टी भेलालाई समेत सम्वाेधन गर्ने कार्यक्रम रहेकाे बताए । मन्त्री झाक्रीकाे गुल्मी जिल्ला भ्रमण पुस १४ गतेदेखि १७ गतेसम्म तय भएको छ ।

    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएपछि जिल्लाका सवै पार्टी कमिटीहरु परिचालन भएको पार्टी जिल्ला ईन्चार्ज गणेश खनालले जानकारी दिए । रेसुङ्गा विमानस्थलकाे पनि अवलाेकन गर्ने जिल्ला भ्रमणमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्रीले रेसुङगा विमानस्थल थालेमालेकाे पनि अवलाेकन गर्ने भएकि छिन ।

    images
    images
    images

    निर्माणकार्यकाे अन्तिम चरणमा रहेकाे जिल्लाकै एक मात्र विमानस्थल स्थलको शहरी विकास मन्त्री झाक्रीले अवलोकन गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ । माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय मार्फत रेसुङगा विमानस्थल निर्माणका लागि आईतवार मात्रै १० कराेड रुपैया वजेटकाे व्यवस्था गरिएकाे समेत मन्त्रीकाे स्वकीय सचिवालयले जनाएको छ ।

    साथै शहरी विकास मन्त्रालयवाट सदरमुकाम तम्घासवाट विमानस्थलसम्म पुग्ने सडक कालाेपत्रे गर्नका लागि वजेटकाे व्यवस्था मिलाएर टेन्डर प्रकृयामा रहेको वताईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।