Logo

२०८३, आश्विन १२गते


images
images

अर्थमन्त्री -जापानी राजदूत भेट

अर्थमन्त्री खनाल र जापानका राजदूततोरुबीच शिष्टाचार भेट

अर्थमन्त्री खनाल र जापानका राजदूततोरुबीच शिष्टाचार भेट

images
  • अर्थमन्त्री खनाल र जापानका राजदूततोरुबीच शिष्टाचार भेट
    images
    images

    काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । 

    images
    images
    images

    उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुततोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको थियो । 

    images
    images
    images

    छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए ।

    images
    images
    images

    उक्त अवसरमा निर्माणाधीन नागढुंगा  टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट र प्रोग्राम फर इमर्जेन्सी रिहाबिलीटेसन अफ स्न्धुली रोद समेतका विविध विषयमा कुराकानी भएको थियो ।

    छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।