Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

images
  • स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले
    images
    images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । कतारको दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. वाग्ले बुधबार स्वदेश फर्किएका हुन् ।

    images
    images
    images

    बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने आवश्यकता बारे पनि बैठकमा धारणा राखेका थिए ।

    images
    images
    images

    बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्रहरू कतार, भारत,बंगलादेश,आर्मेनिया,जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।

    images
    images
    images

    यस बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । बैठकमा भाग लिन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।