Logo

२०८३, श्रावण ३०गते


images
images

तुइन खोला पहिरो

तुइन खोलाको पहिरोले दशैँमा हजारौं अलपत्र

तुइन खोलाको पहिरोले दशैँमा हजारौं अलपत्र

images
  • तुइन खोलाको पहिरोले दशैँमा हजारौं अलपत्र
    images
    images

    चितवन । दशैंको समयमा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।

    images
    images
    images

    मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक सोमबार बिहानदेखि खसेको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ र अहिले पहिरो खस्ने र हटाउनक्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    तीन वटा मेशिनले पहिरो हटाउन काम जारी रहेको र सकेसम्म छिटो सडक खुलाउने सडक डिभिजनले बताए पनि पहिरो खस्न नरोकिदा सडक खुल्ने समय बारे यकिन भन्न सक्ने अवस्था रहेको छैन ।

    images
    images
    images

    दशैँको समयमा आफ्नो गन्तव्यमा जान हिडेकाहरु सडकमा अलपत्र परेका छन् । मुग्लिन-काठमाडौँ सडकमा ठुलो जाम शुरु भएको छ भने नारायणघाट पट्टि रामनगरसम्म जाम पुगिसकेको छ भने हजारौ यात्रु सडकमा रहेका छन् ।

    गत बुधबार राति मात्र लगभग ५४ घण्टामा खुलेको यो सडक सोमबारदेखि पुन: बन्द भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।