Logo

२०८३, श्रावण ३०गते


images
images

कतार आक्रमण

कतारमा गरेको आक्रमणप्रति इजरायलले माग्यो माफी

कतारमा गरेको आक्रमणप्रति इजरायलले माग्यो माफी

images
  • कतारमा गरेको आक्रमणप्रति इजरायलले माग्यो माफी
    images
    images

    काठमाडौँ । इजरायलले कतारमाथि भएको आक्रमणको लागि माफी मागेको छ । कतारको विदेश मन्त्रालयले यो घोषणा गर्दै एक विज्ञप्ति जारी गरेको छ ।

    images
    images
    images

    विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फोन वार्ता गरेका छन् ।

    images
    images
    images

    विदेश मन्त्रालयको विज्ञप्तिमा फोन वार्ताको क्रममा इजरायलले कतारमाथि भएको आक्रमणको लागि माफी मागेको दाबी गरिएको छ । कतारी प्रधानमन्त्रीले डोनाल्ड ट्रम्पलाई 'शान्ति स्थापना गर्ने प्रयास' गरेकोमा धन्यवाद दिएका छन् ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ, इजरायली प्रधानमन्त्रीले भविष्यमा कुनै पनि कतारी क्षेत्रलाई लक्षित नगर्ने वाचा गरेको उल्लेख गरिएको छ ।

    यस महिनाको सुरुमा, इजरायलले दोहाको एक घरमा हमास नेताहरूलाई लक्षित गरेर आक्रमण गरेको थियो ।

    प्यालेस्टिनी संगठन हमासले यस आक्रमणमा आफ्ना पाँच सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएको बताएको छ । त्यसपछि इजरायल र कतारको सम्बन्ध बिग्रिएको थियो । कतारले हमाससँगको वार्ता र बन्धक छुटाउन मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।