Logo

२०८३, श्रावण ३०गते


images
images

हवाई भाडादर

प्राधिकरणले सार्बजनिक गर्यो आन्तरिक उडानको अधिकतम हवाई भाडादर

प्राधिकरणले सार्बजनिक गर्यो आन्तरिक उडानको अधिकतम हवाई भाडादर

images
  • प्राधिकरणले सार्बजनिक गर्यो आन्तरिक उडानको अधिकतम हवाई भाडादर
    images
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग रहेको र सहज उपलब्ध नरहेको अवस्थालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा दशैंको टीकाको दिन अर्थात् असोज १६ गते अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

    images
    images
    images

    नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिएको जनाएको छ । साथै प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रहेको छ ।

    सार्वजनिक अधिकतम हवाई भाडादर:

    १- काठमाडौं–विराटनगर: ९ हजार ७८५ रुपैयाँ ।

    २- काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ ।

    ३- काठमाडौं–भद्रपुर: १२ हजार ११२ रुपैयाँ ।

    ४- काठमाडौं–जनकपुरमा: ५ हजार ४७० रुपैयाँ ।

    ५- काठमाडौं–पोखरा: ६ हजार ६३५ रुपैयाँ ।

    ६- काठमाडौं–नेपालगञ्ज: १३ हजार १०३ रुपैयाँ ।

    ७- काठमाडौं–धनगढी: १७ हजार ५७९ रुपैयाँ ।

    ८- काठमाडौं–सिमरा: ३ हजार ९७८ रुपैयाँ ।

    ९- काठमाडौं–भैरहवा: ८ हजार ४६१ रुपैयाँ ।

    १०- काठमाडौं–राजविराज: ८ हजार २१० रुपैयाँ ।

    ११- काठमाडौं–सुर्खेत: ९ हजार ३० रुपैयाँ ।

    १२- काठमाडौं–तुम्लिङटार: ७ हजार ६३० रुपैयाँ ।

    caan1759464822.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।