Logo

२०८३, श्रावण ३०गते


images
images

एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने निगमका पाइलट कारबाहीमा

एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने निगमका पाइलट कारबाहीमा

images
  • एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने निगमका पाइलट कारबाहीमा
    images
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका एक पाइलटलाई कारबाही गरेको छ ।

    images
    images
    images

    कारबाहीमा परेका पाइलटको नाम भने गोप्य राखिएको निगमले जनाएको छ ।  प्राधिकरणले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेको भन्दै ती पाइलटलाई कारबाही गरेको हो ।
     
    उक्त पाइलटले सात महिनाअघि एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेको भन्दै उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए ।

    images
    images
    images

    प्राधिकरणमा उजुरी परेपछि घटनाको अनुसन्धान गर्दा दुर्व्यवहार भएको पुष्टि भएपछि पाइलटलाई कारबाही गरिएको सूचना अधिकारी निरौलाले बताए ।
    उनले भने “हामीले यो विषयमा सूचना प्राप्त गरेसँगै कारबाही अगाडि बढाएका हौं । यो विषयमा थप अध्ययन गर्न निगमलाई निर्देशन समेत दिएका छौं ।”

    images
    images
    images

    गत साउनमा मलेसियाबाट काठमाडौं फर्केको निगमको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गरेका थिए ।  

    प्राधिकरणले ती पाइलटलाई ‘ह्यारेसमेन्ट एट वर्क प्लेस’ अन्तर्गत कारबाही अगाडि बढाएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।