Logo

२०८३, श्रावण ३०गते


images
images

ट्रम्पलाई पुटिनको प्रश्न - हामी कागजी बाघ हौं भने नाटो के हो ?

ट्रम्पलाई पुटिनको प्रश्न - हामी कागजी बाघ हौं भने नाटो के हो ?

images
  • ट्रम्पलाई पुटिनको प्रश्न - हामी कागजी बाघ हौं भने नाटो के हो ?
    images
    images

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुस 'कागजी बाघ' हो भन्ने भनाइको जवाफ दिएका छन् ।

    images
    images
    images

    सुरक्षा र भूराजनीतिक विज्ञहरू बीचको छलफलको क्रममा पुटिनले हामी कागजी बाघ हौं भने नाटो के हो ? भन्दै प्रश्न गरेका हुन् ।  पुटिनले भने- 'हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आत्मविश्वास कायम राख्नु हो, र हामी यसमा विश्वस्त छौं ।'

    images
    images
    images

    हालै, ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा रुसलाई 'कागजी बाघ' भनेका थिए। ट्रम्पले युरोप र नाटोको समर्थनमा र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता पाउन सक्ने बताएका थिए । ट्रम्पले युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा बुझेपछि सोच परिवर्तन भएको बताएका थिए ।

    images
    images
    images

    रुसलाई 'कागजी बाघ' भन्दै उनले भने- 'पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन्, र युक्रेनले कारबाही गर्ने समय आएको छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।