Logo

२०८३, श्रावण ३०गते


images
images

ट्रम्पपछि पुटिन चीन भ्रमणमा जादै

ट्रम्पपछि पुटिन चीन भ्रमणमा जादै

images
  • ट्रम्पपछि पुटिन चीन भ्रमणमा जादै
    images
    images

    काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ र २० मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिन चीन जान लागेका हुन् ।

    images
    images
    images

    रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको 'सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता' मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ ।

    images
    images
    images

    यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो ।

    images
    images
    images

    रिपोर्टका अनुसार क्रेमलिनले जारी गरेको वक्तव्यमा पुटिनले आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँग रुस–चीनबीचको 'व्यापक साझेदारी र रणनीतिक सहयोग' का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ ।

    क्रेमलिनका अनुसार दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् । छलफलपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ । पश्चिमी देशहरूले रुसको तेल तथा ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्लादिमिर पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।