Logo

२०८३, श्रावण ३०गते


images
images

‘व्यर्थको भेटघाट’ चाहिएन भन्दै ट्रम्पले गरे पुटिनसँगको वार्ता स्थगित

‘व्यर्थको भेटघाट’ चाहिएन भन्दै ट्रम्पले गरे पुटिनसँगको वार्ता स्थगित

images
  • ‘व्यर्थको भेटघाट’ चाहिएन भन्दै ट्रम्पले गरे पुटिनसँगको वार्ता स्थगित
    images
    images

    वासिङ्टन डिसी । युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको आमनेसामने वार्ता स्थगित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘व्यर्थको भेटघाट नचाहेको’ बताएका छन् ।

    images
    images
    images

    मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हालको युद्ध रेखामा लडाइँ रोक्न मस्कोले अस्वीकार गर्दै आएको कारण वार्ताको सम्भावना कमजोर भएको संकेत दिएका हुन् । यसअघि उनले दुई साताभित्र बुडापेस्टमा भेट हुने बताएका थिए । तर, ह्वाइट हाउसका एक अधिकारीका अनुसार ‘निकट भविष्यमा’ यस्तो वार्ताको कुनै तयारी छैन ।

    images
    images
    images

    शान्तिका लागि अमेरिका र रुसका प्रस्तावबीचको ठूला भिन्नताले शिखर वार्ता टुङ्गिने सम्भावना समाप्त भएको देखिएको छ । सोमबार ट्रम्पले कीभ र युरोपेली नेताहरूले समर्थन गरेको, हालको मोर्चामा युद्ध रोक्ने प्रस्तावलाई समर्थन जनाएका थिए । उनले भने, “जसरी हुन्छ, त्यसैगरी काटौँ । युद्ध रेखामा रोकौँ । घर फर्किऔँ, लडाइँ बन्द गरौँ, मान्छे मार्न बन्द गरौँ।”

    images
    images
    images

    तर, मस्कोले उक्त प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले यस्तो युद्धविराम केवल अस्थायी हुने दाबी गर्दै भनेका छन्, “रुस दीर्घकालीन र दिगो शान्तिमा मात्र रुचि राख्छ ।”

    स्रोत : बीबीसी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।