Logo

२०८३, श्रावण ३०गते


images
images

पुटिनसंग वार्ता रद्ध गरेका ट्रम्प मलेसिया, जापान र दक्षिण कोरिया जाने

पुटिनसंग वार्ता रद्ध गरेका ट्रम्प मलेसिया, जापान र दक्षिण कोरिया जाने

images
  • पुटिनसंग वार्ता रद्ध गरेका ट्रम्प मलेसिया, जापान र दक्षिण कोरिया जाने
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच हंगेरीमा हुने भनिएको भेटवार्ता रद्ध भएको छ । ट्रम्पले  पुटिनसँगको हंगेरीको बुडापेष्टमा हुने वार्ता रद्ध भएको जानकारी दिएका हुन् । उनले अहिले पुटिनसँग वार्ता गर्ने सहि समय नभएको बताएका छन् ।

    images
    images
    images

    साथै ट्रम्पले अर्को हप्ता मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने घोषणा पनि गरेका छन् । उनी दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो भेटघाट गर्ने कार्यक्रम छ । ट्रम्पले यो भेटघाटले धेरै मुद्दा र विषयहरूमा सहयोग र छलफललाई सहज बनाउने बताएका छन् । 

    images
    images
    images

    अर्कोतर्फ बुडापेस्टमा राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । अमेरिकी अर्थसचिव स्कट बेसान्टले रुसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलसहित दर्जनौं सहायक कम्पनीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    बेसान्टले यस बारेमा जानकारी दिदै यो कारबाही पुटिनको अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकारको कारणले गरिएको बताएका छन् । उनले हत्या रोक्ने र तत्काल युद्धविरामको लागि आह्वान गर्ने समय आएको बताए । 

    रोसनेफ्ट र लुकोइल, दर्जनौं सहायक कम्पनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय महिनौंदेखिको पारस्परिक दबाबको पछि आएको छ, जसमा सांसदहरूले राष्ट्रपति ट्रम्पलाई रूसको तेल उद्योगलाई लक्षित गर्न आग्रह गरिरहेका थिए । 

    ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।