Logo

२०८३, श्रावण ३०गते


images
images

विपद्

विपद् प्रतिकार्यमा जुट्न रास्वपाको निर्देशन

विपद् प्रतिकार्यमा जुट्न रास्वपाको निर्देशन

images
  • विपद् प्रतिकार्यमा जुट्न रास्वपाको निर्देशन
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षातबाट विपद् जोखिम बढेको भन्दै रेपिड एक्सन टिमलगायत नेता–कार्यकर्तालाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ ।

    images
    images
    images

    रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले विज्ञप्ति जारी गर्दै प्रतिकार्यमा जुट्न निर्देशन दिएका हुन्।

    images
    images
    images

    रास्वपाले भनेको छ- 'विपद्को बेला मानवीय सेवा/सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज–उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत् विशेष आह्वान गर्दछौं ।'

    images
    images
    images

    जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न/गराउन रास्वपाले सबैलाई आग्रह पनि गरेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन अधिक वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।