Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन प्रभाव

ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब

ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब

images
  • ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब
    images
    images

    काठमाडौँ । हामी नेपालका प्रमुख समेत रहेका सुदन गुरुङसहितको टिमले जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक संजालमा अभियान समेत चलाएर सरकारलाई दबाब बढाएका छन् ।

    images
    images
    images

    उच्च स्रोतका अनुसार गएराती प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्कीले यस विषयमा छलफल समेत गरेकी छन् । बालुवाटारको छलफलमा प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुख, सहित छलफल गरेकी हुन् ।

    images
    images
    images

    सरकार पुर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले भदौ २३ २४ को आन्दोलनको छानबिन सकिएपछि सोहि अनुसार कारवाही गर्ने मनस्थितिमा रहेपनि दबाब बढ्दै गएपछि कानुन अनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

    images
    images
    images

    बैठकमा आयोगको प्रतिवेदनपछि नै सोहि अनुसार कारवाही अगाडी बढाउदा कानुन सम्मत हुने सुझाव समेत दिइएको थियो ।

    सरकारलाई एकातिर जेनजी समुहको दबाब बढेको छ भने अर्को तिर हालसम्म चुपचाप रहेका दल र उनीहरुका कार्यकर्ता आक्रोशित हुन्छनकी भन्ने पक्षमा समेत छलफल भएको छ ।

    सरकारले असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनको विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र आयोगले अहिले काम गरिरहेको छ । आयोगलाई तीन दिनको समय दिइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।