Logo

२०८३, श्रावण ३०गते


images
images

सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई जेलमा काेच्नुस : मन्त्री झाँक्री

सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई जेलमा काेच्नुस : मन्त्री झाँक्री

images
  • सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई जेलमा काेच्नुस : मन्त्री झाँक्री
    images
    images

    सन्तोष महतारा, गुल्मी।  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न आग्रह गरेकी छिन् । गुल्मीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार गुल्मीका कार्यालय प्रमुखसँगकाे छलफलमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीका कारणले धेरै विकासका याेजना अलपत्र परेको भन्दै कार्वाही गर्न आग्रह गरेकी हुन् । 

    images
    images
    images

    'निर्माण व्यवसायीले सम्झौता अनुसार समयमा काम गर्न नसक्नाले साेचेअनुरुप विकास हुन सकेको छैन ।' मन्त्री झाँक्रीले भनिन् , "सम्झौता गरेर काम नगर्ने र काम अलपत्र पारेर भाग्ने निर्माण व्यवसायीलाई समातेर जेलमा काेच्नुस् ।" उनले आफुलाई केन्द्रित गर्दै मन्त्रीकै आफ्नो मान्छे भएपनि नछाड्न आग्रह गरिन् ।  गुल्मीमा निर्माण व्यवसायीकाे लापरबाहीले थुप्रै विकासका याेजना अलपत्र परिरहेका छन् । 

    images
    images
    images

    कार्यालय प्रमुखसँगकाे छलफलमा मन्त्री झाँक्रीले सबै सरकारी कार्यालयबाट हुने काम असार केन्द्रित नभएर पहिल्यै विकासकाे दर एउटै हुनुपर्ने बताइन् । उनले जिल्ला कारागार गुल्मीको अवस्थाबारे आफुलाई जानकारी भएको भन्दै त्यसको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरेकी थिइन् । 

    images
    images
    images

    गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पाैडेलले मनसुनजन्य विपद्काे बिषय जेठ र असारमा सम्झने अवस्था रहेकोले त्यसलाई अन्त्य गरी पहिल्यै तयारी गर्नुपर्ने  बताएका थिए । त्यसलाई जवाफ दिदै मन्त्री झाँक्रीले डाेजरकाे प्रयोगले घरघरमा बाटो पुराउँदा विपद् निम्तिएका कारण यसलाई अन्त्य गर्न जरुरी रहेको बताएकी थिइन् । 

    फरक प्रसंगमा मन्त्री झाँक्रीले विकास निर्माणका आयोजनाका पूर्व शर्तहरु पूरा हुनु अनिवार्य रहेको छलफलमा  बताएकी थिइन् ।   गुल्मीको सवारीसाधन दुर्घटना सन्दर्भमा सवारीसाधनमा कडाइ , सिट क्षमता र इन्स्योरेन्स सिटअनुसार मात्र यात्रु राख्न आग्रह गरिन् । 

    मन्त्री झाँक्रीले उपभोक्ताबाट हुने याेजना नियमन गर्न आवश्यक रहेको बताइन् । तल्लो तहबाट हुने भ्रस्टाचार राेक्नका लागि  उपभोक्ताबाट हुने याेजना अनुगमन र नियमन गर्न आवश्यक रहेको उनले बताएकी थिइन् । मन्त्री झाँक्री अझै केही दिन गुल्मीका विभिन्न कार्यक्रममा सहभागी हुने छिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।