Logo

२०८३, श्रावण ३०गते


images
images

कतारको नियम, कानून पालना गर्न नेपाली समूदायलाई १७ बुँदे निर्देशन

कतारको नियम, कानून पालना गर्न नेपाली समूदायलाई १७ बुँदे निर्देशन

images
  • कतारको नियम, कानून पालना गर्न नेपाली समूदायलाई १७ बुँदे निर्देशन
    images
    images

    काठमाडौँ । कतारको दोहास्थित नेपाली दुताबासले कतारमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । बुधबार एक सुचना जारी गर्दै दुताबासले यस्तो अनुरोध गरेको हो ।

    images
    images
    images

    दुताबासले सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लङ्घन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन आग्रह गरेको छ ।

    images
    images
    images

    साथै दुताबासले देहायका विषयहरूमा विशेष सावधानी अपनाउन नेपाली समुदायमा अनुरोध गरेको छ :

    images
    images
    images

    १- कतारको कानून, नियम र सांस्कृतिक मूल्य-मान्यताको पूर्ण पालना गर्ने ।

    २- कतारको कानूनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्ने ।

    ३- सार्वजनिक स्थलमा मादक पदार्थ र धुम्रपान सेवन नगर्ने ।

    ४- कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्ने ।

    ५- अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्ने ।

    ६- जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने ।

    ७- कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने ।

    ८- प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही गर्न नहुने ।

    ९- आफ्नो राहदानी, कतार परिचय पत्र, बैंक अकाउण्ट नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिने र क्यूआइडी बुझाई कुनै किसिमको बैंक ऋण नलिने ।

    १०- एउटा कम्पनीको क्यूआइडी लिएर अर्को कम्पनीमा काम गर्नु वैधानिक नहुने ।

    ११- भाङ्गको अचार, मर्चा जस्ता कुराहरू ल्याउन र लेनदेन गर्न नहुने ।

    १२- सामाजिक संजालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने ।

    १३- नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्य-मान्यतालाई गंभीरताका साथ ध्यान दिनुपर्ने । चाडपर्व होस वा अन्य समय, कुनैपनि बेला जुवातास खेल्न नहुने ।

    १४- सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटक लगायतका भिडियो बनाउदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने ।

    १५- सार्वजनिक स्थलमा अमर्यादित, उच्छृङ्खल र भड्किलो पोशाक लगाएर हिड्न नहुने ।

    १६- कतार सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिई कुनै पनि कार्यक्रम गर्न नहुने ।

    १७- नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूवीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कतार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।