Logo

२०८३, श्रावण ३०गते


images
images

जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गर्यो ओली र लेखकविरुद्धको जाहेरी

जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गर्यो ओली र लेखकविरुद्धको जाहेरी

images
  • जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गर्यो ओली र लेखकविरुद्धको जाहेरी
    images
    images

    काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ ।

    images
    images
    images

    आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानुनले अख्तियार प्रदान गरेको स्पष्ट गर्दै आयोगले  प्राप्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको हो ।

    images
    images
    images

    जाँचबुझ आयोगलाई २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा राय दिने कार्यदेश पाएको आयोगले उल्लेख गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँमा ओली र लेखकलाई कारवाही गर्न जाहेरी परेको थियो भने अनेरास्ववियुले बालेन शाह र सुदन गुरुङलाई कारवाही गर्न जाहेरी दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।