Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेशका मुख्यमन्त्री सिंहले छोडेनन् सरकार, मंगलवार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सिंहले छोडेनन् सरकार, मंगलवार विश्वासको मत लिने

images
  • मधेशका मुख्यमन्त्री सिंहले छोडेनन् सरकार, मंगलवार विश्वासको मत लिने
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् । उनले असोज २८ गते विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् । अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले

    images
    images
    images

    शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् । मुख्यमन्त्री सिंहले आफ्नै दलले समेत समर्थन फिर्ता लिएको अवस्थामा पनि सरकार छोडेका छैनन् । त्यस बाहेक उनलाई समर्थन गरेका कांग्रेस र एमालेले पनि सर्मथन फिर्ता लिइसकेका छन् ।

    images
    images
    images

    मधेश प्रदेशसभामा १०७ प्रदेश सभा सदस्य छन् । हाल १०५ जना सांसद छन् ।  जसमा हाल एमालेका २४, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नाउपा र संघीय समाजवादी पार्टीका १-१ सांसद रहेका छन् ।

    images
    images
    images

    अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी शुरु भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।