काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा हुने भनिएको सचिवालय बैठक स्थगन भएको हो । शुक्रबारदेखि सुरु भएको बैठक आज दोस्रो दिन पनि जारी रहने तालिका रहेको थियो ।
अध्यक्ष ओली बिरामी भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology